स्थानीय तह निर्वाचन: गढवा–५ मा एमालेबाट सबै महिला उम्मेदवार 

दाङ देउखुरीकोस्थित गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले सबै महिला उम्मेदवार बनाएको छ।

यहि वैशाख ३० को हुन लागेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षसँगै अन्य ४ जनासदस्य सबै महिलालाई बनाएको हो।

पाँचै जनाको नाम सर्वसम्मत रुपमा उम्मेदवराका लागि जिल्ला कमिटीमा सिफारिस गरेको नेकपा एमाले गढवा गाउँपालिकाका ईन्चार्ज सहजराम यादवले जानकारी दिए। जसअनुसार अध्यक्ष पदकालागि सिता थापालाई एमालेले उम्मेदवार बनाएको छ।

त्यस्तै खुल्ला सदस्यहरुमा वर्षा पाण्डे र शान्ती चौधरी, महिला सदस्यका लागि प्रतिमा चौधरी र दलित महिला सदस्यमा जिबी बिकलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2022-04-16 08:45:00

प्रतिकृया दिनुहोस्