टिकट नटुंगिँदै आकांक्षीहरू भोट माग्न घरघरै

नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझालाई उम्मेदवार सिफारिस गरेको छ।

हालकै अध्यक्ष ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ। 

यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ। नाम सिफारिस हुने बित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन्।

उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट टुंगिएको छैन। ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन्।

एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ। त्यसैले भोट माग्न हिँडेका हुन्। ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन। माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए।

 

प्रकाशित मिति: : 2022-04-16 18:55:00

प्रतिकृया दिनुहोस्