उम्मेदवारप्रति जनताकाे आक्राेश- हामीलाई भाेट बैंक सम्झने ?

File Photo
File Photo

स्थानीय तह निर्वाचनपछि नेताहरु आफ्नो आँगनमा आएको देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाहीलाई अचम्म लागेको छ। फोन गर्दा पनि रिसिभ नगर्ने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय अहिले गाउँमा आएर भोट माग्न समर्थक पठाएपछि शाहीलाई अचम्म लागेको छ।

गएको स्थानीय तहको चुनावमा मुड्केचुलाबाट माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाई झिनो मतले पराजित गरेका थिए। उनै राेकायले अहिले स्थानीय तहको चुनावमा उम्मेदवार घाेषणा गर्दै आफ्ना कार्यकर्ता परिचालन गरेर भारत गएका आफन्तलाई घरमा बाेलाउन र आफूलाई भोट दिन आग्रह गरेकाे देख्दा अचम्ममा परेको शाहीले बताए।

रोकाय एमाले डोल्पाका सचिव हुन्। उनी निर्माण व्यवसायी पनि हुन्। चुनाव हारेपछि गाउँमा कहिलै नआएका रोकाय एकैपटक उम्मेदवार बनेर गाउँ, गाउँमा केही कार्यकर्ता परिचालन गरी भोट माग्दा आफूहरू चकित परेको नर्कुका शर्मलाल शाहीले बताए। 'चुनाव हारेपनि हाम्रो घर दैलोमा आएर नियमित सम्पर्कमा रहनु पर्थ्याे। तर, रोकायको त्यस्तो गरेनन्,' शाहीले भने।

एमाले र माओवादीका मात्र हाेइन अहिले कांग्रेसका नेता कार्यकर्ताहरू पनि गाउँमा बल्ल देखिन थालेको अर्का स्थानीय सोमराज शाहीले बताए। चुनाव हार्नेबित्तिकै ठाउँ नै छोडेर भाग्ने अनि उम्मेदवार बनेपछि समर्थक बीचमा गाउँ आएर हल्ला गर्ने तरिकाले गर्दा जनता भोट बैंक मात्र ठानेकाे भन्दै शाहीले आक्राेश पाेखे।

जनताको घर दैलोमा पाइला नटेक्ने चुनावआएपछि भारतसहित अन्य देश गएकालाई बाेलाउन र आफ्नाे पार्टीलाई भाेट दिन आग्रह गरेका नेताहरूले जनतालाई प्रयोगको साधन तथा भाेट बैंककाे रुपमा लिएकाे सुर्खेत सिम्ता गाउँपालिका गोजीका राम केसीले बताए।

घरदैलाेमा आएका नेता तथा कार्यकर्ताले राेजगारी, विकासका भन्दा पनि  एकअर्काे दलका नेतालाई गाली मात्र गरेकाे देख्दा आफूहरूलाई दिक्क लागेकाे स्थानीय बताउँछन्। 

प्रकाशित मिति: : 2022-04-18 12:32:00

प्रतिकृया दिनुहोस्