रोल्पामा वडाध्यक्षका आकांक्षी ओलीद्वारा माओवादी परित्याग

नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका–२ का अध्यक्ष तथा वडाध्यक्षका आकांक्षी जगबहादुर ओलीले पार्टी परित्याग गरेका छन्।

लामो समयसम्म पार्टीमा योगदान गरेका ओलीले पार्टीबाट सहि निर्णय नभएको भन्दै असन्तुष्टि जनाउँदै पार्टी छाड्ने घोषणा गरेका हुन्।

ओलीले आज दिउँसो २ बजे सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा पार्टी छोड्न लागेको बताएका छन्।

पार्टीमा उनी मात्र नभई उनका बुवाको समेत ठूलो त्याग रहेको थियो। अघिल्लो निर्वाचनमा पनि उनका बुवालाई वडाध्यक्षको उम्मेदवार बनाउने चर्चा गरिएको भएपनि पार्टीले अन्तिममा अरूलाई नै टिकट दिएको थियो।

माओवादीले वडाध्यक्षका उम्मेदवारहरूको करिब टुङ्गो लगाइसके पनि अझै सार्वजनिक भने गरेको छैन।


अनि यो पनि ...

वर्षमान पुनकी बहिनी र ज्वाइँ रोल्पा नगरपालिकाको मेयरमा सिफारिस

प्रकाशित मिति: : 2022-04-21 11:59:00

प्रतिकृया दिनुहोस्