आयोगले दियो ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति 

File Photo
File Photo

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ।

‘अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन्। आफ्नो नामावली भएको स्थानमा उनीहरुले पर्यवेक्षण गर्न पाउने छैनन्,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने।

प्रकाशित मिति: : 2022-04-21 18:03:00

प्रतिकृया दिनुहोस्