एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

नेकपा (एमाले) नेपालगञ्ज उपमहानगर समितिले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।

प्रतिबद्धतापत्रमा सबैभन्दा चर्को गर्मी हुने ठाउँ भएकोले नेपालगञ्जका प्रत्येक स्कुल वातानुकुल बनाउने उल्लेख छ।

भेरी अस्पताललाई पोष्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घरघरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेनको व्यवस्था गर्ने, नेपालगञ्ज-भैरहवा तथा नेपालगञ्ज-भरतपुर नियमित उडान सञ्चालन गर्न पहल गर्ने, वपत तथा महामारीविरुद्ध सचेतता अभिवृद्धि गर्ने लगायत कुरा समेटिएको छ।

यस्तै स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गर्ने, बहिरंङ सेवामा ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य विमामार्फत १ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइने लगायत रहेका छन्।

सो क्रममा एमालेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र, उप-मेयरका उम्मेदवार शान्ति ढकाल लगायत नेताहरुको उपस्थित भएका थिए।

प्रकाशित मिति: : 2022-04-22 19:26:00

प्रतिकृया दिनुहोस्