स्थानीय तह निर्वाचन : तुलसीपुरमा एमालेबाट वडामा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा वडा अध्यक्षका उमेदवारहरुको टुंगो लगाएको छ। 

लामो रसाकसीपछि एमालेले तुलसीपुरमा पुरानजै अनुहार दोहराएर वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ। तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा उमेदवारहरुको अन्तिम नाम सार्वजनिक भए सँगै यस्तो अवस्था देखिएको हो। उमेदवारहरु मध्ये अधिकांश वडामा यस अघि निर्वाचित जनप्रतिनिधि र प्रत्यासी उमेदवारहरु रहेका छन् । 

विशेषगरी वडा अध्यक्षमा उनीहरुको नाम दोहोरिएको छ। एमालेको तर्फबाट तुलसीपुर १ को अध्यक्षमा लक्ष्मण भण्डारीको नाम टुंगो लगाइएको छ। भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए। 

वडा नम्बर २ को अध्यक्षमा भिम बहादुर योगी यस अघि अध्यक्षमा पराजित भएका थिए। 

यस अघि उनी कांग्रेसका वडा अध्यक्ष राजु आचार्यसंग पराजित भएका थिए। वडा नम्वर ३ को वडा अध्यक्ष वीर बहादुर विक, ४ मा बालकृष्ण राना (धुव्र) फेरी चुनाव लड्ने भएका हुन्।

दुवै जना एमालेबाट निर्वाचित बहालवाला वडा अध्यक्ष हुन्। यस्तैगरी वडा नम्वर ५ को अध्यक्षमा पदम पोख्रेल जेठुकान्छु, वडा नम्वर ६ मा दुजमान भण्डारी तय भएका छन्।

पोख्रेल नयाँ अनुहार हुन् भने भण्डारी तुलसीपुर ६ का वडा सदस्य हुन्। यस्तैगरी वडा नम्वर ७ मा डिल्ली भण्डारी, ८ मा धर्म वली, ९ मा बामदेव न्यौपाने, १० मा यमराज केसी, ११ मा मान बहादुर रावत, १२ मा मान बहादुर केसी, १३ मा मोहन पौडेल रहेका छन्।  

पौडेल यस अघि वडा अध्यक्षको प्रत्यासी हुन्। केसी वडा सदस्य हुन्। रावत नगरको कर्मचारीबाट गएका व्यक्ति हुन्। वडा नम्वर १४ मा कृष्ण बहादुर केसी, १५ मा लक्ष्मण चौधरी, चौधरी बहालवाला वडा अध्यक्ष हुन। १६ मा अमर खड्का, १७ मा लहरु चौधरी, १८ मा माधव वली, वली बहालवाला अध्यक्ष हुन् भने १९ मा प्रेमनाथ योगी वडा अध्यक्षमा चुनाव लड्न लागेका छन्। 

प्रकाशित मिति: : 2022-04-22 20:23:00

प्रतिकृया दिनुहोस्