एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार टुंगो लगाएको छ।

शनिबार बसेको एमालेको बैठकले केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

स्थापित महानगरपालिकाका पूर्व मेयर हुन्। स्वतन्त्र मेयर उम्मेदवारकाे घोषणा गरेकी मिस नेवा विजेता डंगोल उपमेयरमा थन्किएकी छन्। उनलाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनाएको हो।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार, उपमेयरमा मञ्जली शाक्य, पोखराको मेयरमा दिपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ, भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सराबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2022-04-23 21:52:00

प्रतिकृया दिनुहोस्