ग्याँस कालोबजारी गर्नेलाई उम्मेदवारी दिएको भन्दै राप्रपामा असन्तुष्टि

पार्टीप्रति जनउत्साह देखिएको तर विवादास्पद व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै मोरङको उर्लाबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट गर्ने क्रममा राप्रपाले उर्लाबारी- ७ मा ज्ञानेन्द्र ओलीलाई उम्मेदवार चयन गरेसँगै असन्तुष्टि चुलिएको हो।

उर्लाबारी- ७ स्थित कंचन बिजुली भण्डारका संचालक ओली एक ग्याँस कम्पनीका आधिकारिक बिक्रेता पनि हुन्। ग्याँसको कालोबजारी गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ। उपभोक्तालाई सहज र सुपथ मुल्यमा ग्याँस उपलब्ध नगराउने उनै ओलीले वडाध्यक्षको उम्मेदवार बन्दा राप्रपाप्रति निरासा जागेको एक कार्यकर्ता बताउछन्।

‘अघिल्लो दिन ३ सय सिलिन्डर झारेका हुन्छन्, भोलिपल्टै उनकोमा सर्टेज हुन्छ,’ ति कार्यकर्ताले भने। तर, बिक्री मुल्यभन्दा बढी तिर्न उपभोक्ता तयार भए सहजै ग्याँस पाइन्छ।

उनलेे अज्ञात स्थानमा ग्याँस सिलिन्डर भण्डारण गर्ने गरेको पनि उनको दाबी छ।

विगतमा नाकाबन्दी र लकडाउनका समयमा ओलीले हाकाहाकी ग्याँसमा कालोबजारी गर्दापनि नियमक निकाय मुकदर्शक बनेका थिए। व्यापारिक वृतमा राम्रै पहुँच राख्नाले कालोबजारीको धब्बा लाग्दा पनि ओलीले उन्मुक्ति पाउँदै आएको बुझिन्छ। जसका कारण ओलीले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने गरेका हुन्।

ग्याँस कालोबजारी गरेर सवर्त्र गन्हाएको मान्छेलाई उम्मेदवार बनाएको भन्दै राप्रपाका अर्का एक कार्यकर्ताले भने, ‘जितेर पनि केही हुनेवाला देखिन। राप्रपा राम्रो भनेको खुट्टी हेर्दै चाल पाइयो।’

प्रकाशित मिति: : 2022-04-24 09:18:00

प्रतिकृया दिनुहोस्