एमालेबाट ओखलढुंगाको लिखुमा अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापा

नेकपा (एमाले)ले ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको टुंगो लगाएको छ।

एमालेले जिल्ला कमिटी ओखलढुंगाले सिफारिस गरेको आधारमा लिखुको अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ।

युवा नेत्री थापा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हुन्।

प्रकाशित मिति: : 2022-04-24 09:26:00

प्रतिकृया दिनुहोस्