दमकमा गठबन्धनबाट राप्रपाका राम थापा मेयर र माओवादी केन्द्रका गगन पुरी उपमेयरको उम्मेदवार

अन्तिम समयसम्म नेपाली काँग्रेसले उपमेयरको दाबी गरेर दमकमा गठबन्धन हुन नसकेको अवस्थामा पछिल्लो समयमा काँग्रेसले आफ्नो अडान त्यागेपछि कम्तिमा पनि ३ वटा दलको गठबन्धन निश्चित बनेको छ। गठबन्धनले राप्रपासंग चुनावी तालमेल गरेको हो।

राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा मेयर र माओवादी केन्द्रका प्रदेशका नेता गगन पुरी उपमेयर उम्मेद्वार बनेका छन्। राप्रपालाई मेयरसहित २ वटा वडा, माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा वडा तथा जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति बनेको जनाईएको छ।

तर, यसभन्दा अघि नै जसपा र नेकपा एसले आफूहरु गठबन्धनबाट बाहिरिएको जनाउ दिँदै आफ्नै उम्मेद्वार उठाउने सार्वजनिक गरिसकेका छन्। दमकमा तालमेल र गठबन्धनको बिषयमा बिबाद उत्सर्गमा पुगेर गठबन्धन भित्रका दलहरुबिच चरम असन्तुष्टि भने कायम देखिएको छ।

प्रकाशित मिति: : 2022-04-24 10:40:00

प्रतिकृया दिनुहोस्