भरतपुरमा टुंगियो भागबण्डा, कांग्रेसलाई २० वटा वडा

File Photo
File Photo

सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरपालिकामा वडा तहसम्म भागबण्डा भएको छ।

कांग्रेसले भरतपुर महानगरमा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबण्डा मिलाउन बाँकी रहेको छ।

सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ।

पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबण्डामा नपाए पनि २६ नम्बर वडाको भागबण्डा भने टुंग्याउन बाँकी छ।

प्रकाशित मिति: : 2022-04-24 10:42:00

प्रतिकृया दिनुहोस्