५० वर्षदेखि निरन्तर वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकारले दर्ता गराए उम्मेदवारी

ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्।

उनले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन्। ललितपुर १० को वडा अध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन्।

५० वर्षदेखि लगातार वडा अध्यक्षमा निर्वाचित व्यञ्जनकारले यस पटक पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। अपराजित रहेका उनले यस पटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रकाशित मिति: : 2022-04-24 13:13:00

प्रतिकृया दिनुहोस्