पाल्पामा एमालेले उम्मेदवारकाे टुङ्गाे लगायाे (सूचीसहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पामा उम्मेदवारको टुंगो लगाएको छ।

एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तैगरी रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन्।

निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको छ।

यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेद्वार बनाइने छ।

रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेद्‍वार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ।

वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाउन बैठक जारी छ।

प्रकाशित मिति: : 2022-04-24 14:43:00

प्रतिकृया दिनुहोस्