काठमाडाैँकाे मेयर लागि अहिलेसम्म १२ जनाकाे उम्मेदवारी दर्ता, ५ जना स्वतन्त्र उम्मेदवार

काठमाडाैँ महानगरपालिकाकाे मेयर पदका लागि हालसम्म १२ जनाले उम्मेदवारी दिएका छन्।

आज बिहानदेखि सुरू भएकाे दर्ता प्रक्रियामा दिउँसाे ३ बजेसम्म १२ जनाले उम्मेदवारी दिएकाे राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।

जसमा ५ जना स्वतन्त्र र ३ जना महिला उम्मेदवार रहेका छन्।

त्यस्तै उपमेयरमा ५ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ। 

प्रकाशित मिति: : 2022-04-24 15:15:00

प्रतिकृया दिनुहोस्