भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद पौडेलले उम्मेदवारी दिने

नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो। भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए। पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ।

प्रकाशित मिति: : 2022-04-24 15:24:00

प्रतिकृया दिनुहोस्