कास्कीमा टुट्याे गठबन्धनः मेयरमा समाजवादीलाई सघाउने, पालिकामा एक्ला–एक्लै भिड्ने

कास्कीमा चुनावी गठबन्धन टुटेको छ। चुनावी गठबन्धन गर्ने भनेका तीन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन नहुने भएको हो।

पोखरा महानगरमा मेयरलाई सघाएर बाँकी चार पालिकामा एक्लाएक्लै चुनाव लड्ने गठबन्धनले निधो गरेको छ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालका अनुसार अब पालिकाको चुनावमा एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो। यद्यपि, महानगरमा भने गठबन्धनले साझा उम्मेद्वार धनराजलाई सघाउने भएको छ।

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए। उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताएका छन्। यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो।  

अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ। सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन्। गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन्। कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिएका छन्।


जुम्लामा गठबन्धन टुट्याे

प्रकाशित मिति: : 2022-04-24 19:47:00

प्रतिकृया दिनुहोस्