प्युठानको झिमरुक गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी)बीच चुनावी गठबन्धन हुने भएको छ।
गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो।
एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन्।