रोल्पा नगरपालिकामा माओवादी केन्द्रको उम्मेदवारी दर्ता

रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ।

मेयर पदमा सुरेन्द्र थापाघर्ती र उपमेयरमा गीता आचार्यले उम्मेदवारी दर्ता गराएका हुन्।

नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। 

माओवादीले १० वटै वडाध्यक्षसहित सदस्यहरूकाे उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेस र एमालेले भने गठबन्धनबाट उम्मेदवार टुंगो लगाएर दिउँसो ३ बजेपछि मात्रै उम्मेदवारी दर्ता गर्ने बताइएको छ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिकाबाट मेयर र उपमेयर दुवै पदमा माओवादीले जितेको छ।

प्रकाशित मिति: : 2022-04-25 14:19:00

प्रतिकृया दिनुहोस्