रोल्पाको थबाङ गाउँपालिकामा एमालेको उम्मेदवारी दर्ता

रोल्पाको थबाङ गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ। 

एमालेबाट उम्मेदवार बनेका नकस घर्तीमगरले अध्यक्ष र शान्ति घर्तीमगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

थबाङ–१ को वडाध्यक्षमा दपेन्द्र विक, वडा–२ मा धनकुमार रोकामगर, वडा–३ मा मनोज पुनमगर र वडा–४ मा हिकमत घर्तीमगरले पनि उम्मेदवारी दर्ता गराएका छन्।

नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूले उम्मेदवारी दर्ता गराएका छन्। 

उम्मेदवारसँगै एमाले केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज नविन रोकामगर र केन्द्रीय सदस्य यमुना रोकामगर पनि थबाङ पुगेको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-25 18:35:00

प्रतिकृया दिनुहोस्