मनोनयन दर्ताका क्रममा सिन्धुपाल्चोकमा झडप हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार  

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीको उम्मेदवारी दर्ताका क्रममा झडप भएको छ।

टिकटको विषयको माओवादी पार्टी कार्यालयमा र मनोनयनका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा असन्तुष्ट माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। टिकट पाउने र नपाउने पक्षबीच झडप भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्याँस प्रहार गरेको थियो। केही सेल अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आक्रोशित समूहले चौतारा सागाचोकगढी नगरपालिकाको कार्यालयका गेट, झ्याल, बार तथा कोठा तोडफोड गरेका छन्। सुरक्षा समितिको बैठक  अहिले बसिरहेको र मनोनयन दर्ताका विषयमा थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए।

प्रकाशित मिति: : 2022-04-25 05:50:00

प्रतिकृया दिनुहोस्