पूर्व कमान्डरकाे नेतृत्वमा माओवादीले गर्‍याे थबाङमा उम्मेदवारी दर्ता

माओवादी युद्धको आधार इलाका थबाङमा पनि माओवादीका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गाउँपालिका अध्यक्षमा पुर्व कमाण्डर ऋषिकेशव बुढामगर ’सबिन’ले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा शर्मिला बुढामगर, वडाध्यक्षहरूमा क्रमशः १ मा हिरा प्रसाद बुढा, २ मा अविलाशा रोकामगर, ३ मा जनक बुढा, ४ मा पुनबहादुर विक र ५ मा गोवर्धन घर्तीले उम्मेदवारी दर्ता गरेका हुन्।

अघिल्लो निर्वाचनमा विप्लवका उम्मेदवार अमित घर्तीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका थिए भने सबै वडामा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा भने कांग्रेसबाट श्रीकुमारी रोकाले स्वतन्त्र उम्मेदवारहरूसँग प्यानल बनाएर प्रतिष्पर्धा गरेकी थिइन्।

अहिले कांग्रेस, एमाले लगायतका दलले पनि उम्मेदवारी दिएपनि मुख्य रूपमा माओवादी र विप्लवका स्वतन्त्र उम्मेदवारहरूबीच नै प्रतिष्पर्धा हुने देखिन्छ।

प्रकाशित मिति: : 2022-04-25 19:20:00

प्रतिकृया दिनुहोस्