माओवादीको गढमा तरुण नेताको उम्मेदवारी

रोल्पा यसैपनि माओवादीको गढ क्षेत्रको रुपमा मानिँदै आएको जिल्ला हो।

अघिल्लो स्थानीय तहको निर्वाचनमा दश मध्ये सातवटा स्थानीय तहमा जितेको माओवादीले यसपटक पनि आफ्नो बर्चस्व कायमै राख्ने दावी गरिरहको छ।

माओवादीले जितेको मध्ये रोल्पा नगरपालिका पनि एक तह हो। यहाँ १० वटा वडा रहेकोमा ९ वटामा माओवादीले जितेको थियो भने एउटामा मात्र काँग्रेसले जितेको थियो। यहि मध्ये एउटा वडा हो, ८ नम्बर वडा।

साविकको जंकोट गाविसमा पर्ने यो वडामा अघिल्लो निर्वाचनमा जित हासिल गरेको माओवादीले फेरी पनि जित्ने बताइरहेको बेला काँग्रेसले कडा टक्कर दिन तरुण दलका नेतालाई त्यहाँ उम्मेदवार बनाएको छ।

नेपाल तरुण दलका क्षेत्रीय सभापति तिरजपति बुढालाई कांग्रेसले रोल्पा नगरपालिका–८ को अध्यक्षको उम्मेदवार बनाएको छ।

युवाहरुलाई नेतृत्व गर्न दिएर माओवादीको गढ भत्काउने उद्देश्यले काँग्रेसले तरुण दलका नेतालाई वडाको नेतृत्वमा उम्मेदवार बनाएको हो।

नगरपालिकाको दुर्गम वडा भएकाले यहाँका नागरिकको सेवाका लागि आफूले उम्मेदवारी दिएको बुढाको भनाई छ।

‘यहाँका विपन्न तथा बृद्धबृद्धा र युवाहरुलाई समेटेर गाउँको विकाससँग जोड्ने मेरो योजना छ,’ वडाध्यक्षका उम्मेदवार बुढाले भने, ‘बुढापाकाहरु भन्दा युवामा केहि गरौं भन्ने सोँच हुने भएकाले पनि गाउँको नेतृत्व गर्न म अघि बढेको हो। गाउँको सेवा गर्न म आतुर भएकाले मलाई अवश्य पनि विजयी बनाई सेवा गर्ने अवसर जंकोटवासीले दिनुहुने छ पूर्ण विश्वास लिएको छु।’

प्रकाशित मिति: : 2022-04-25 20:07:00

प्रतिकृया दिनुहोस्