मनोनयनकर्ताको नामावली रुजु गर्नमा व्यस्त आयोग

स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ। 

निर्वाचन कार्यतालिका अनुसार त मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली पनि सार्वजनिक हुनुपर्ने हो। 

तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन। आयोगले अझै समय लाग्ने जनाएको छ। मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो।  

आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो। जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एक दिन तोकिने गरिएको थियो।

पछिल्लो विवरणअनुसार एक लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-26 08:39:00

प्रतिकृया दिनुहोस्