लामो समयदेखि सुरक्षा तथा सुशासन बिदामा कलम चलाउँदै आएका गोरखाका पत्रकार सुजन पन्त स्थानीय निर्वाचनमा हाेमिएका छन्।
पन्तले गण्डकी गाउँपालिका– ४ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दर्ता गराएका हुन्।
विगत लामो समयदेखि सञ्चार क्षेत्रबाट समाजमा परिवर्तनकारी भूमिका खेल्दै आएका पन्तले असन्न निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
सञ्चारकर्मी पन्तलाई जसपा गोरखाले सर्वसम्मत वडाध्यक्षको लागि सिफारिस गरेको थियो। सञ्चार क्षेत्रमा सँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहेका उनी स्थानीय तहमा चर्चित युवाका रुपमा परिचित छन्।