हेटौंडा उपमहानगरपालिका-२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाली कांग्रेसले घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो। महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।
घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए। घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका हुन्।
घिमिरेलाई नेपाली कांग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनीतसमेत गरेका छन्। वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिएनन्।