दाङमा मेयर पदका उम्मेदवारसहित १७६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। तुलसीपुर उपमहानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज पाण्डेसहित १७६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी मनोनय दर्ता गरिएको थियो। आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका मेयर, गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्षसँगै वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेमा सबै भन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा रहेका छन्। जहाँ ९६ जनाले उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
यस्तै घोराहीमा १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। लमहीमा ७, राजपुरमा, ५, राप्तीमा, ९, गढवामा ८, दंगीशरणमा १३, बंगलाचुलीमा १, बबईमा १४ र शान्तिनगरमा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
दाङमा ५२० पदका लागि २ हजार ४ सय १२ जना उम्मेदवारी परेको थियो।