जगन्‍नाथको बागीले भरतपुरमा कम्पन

थाहा खबर

काठमाडौँ

यतिबेला चितवनको भरतपुर महानगरपालिका नेपालकै केन्द्रीय राजनीतिको थलो जस्तै बनेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनदेखि चर्चामा आएको भरतपुरले यो निर्वाचनमा पनि देशव्यापी रूपमा चर्चा कमाएको छ।

भरतपुरले राष्ट्रिय राजनीतिको थलोको स्थान पाएको पछिल्लो केही दिनको घटनालाई हेर्दा नै थाहा हुन्छ। सत्तारूढ गठबन्धनविरुद्वमा भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएसँगै भरतपुरले चर्चा पाउन थालेको हो।

तर, भरतपुमा सबैको ध्यान उनको कारण मात्रै गएको भने होइन। उनले कसको विरुद्धमा उम्मेदवारी दिए भन्ने कुराले पनि सबैको ध्यान भरतपुरमा पुगेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा उनकै छोरीको विरुद्वमा सत्ता गठबन्धनबाटै उम्मेदवारी परेपछि भरतपुर तातिएको छ।

प्रकाशित मिति: : 2022-04-30 18:53:00

प्रतिकृया दिनुहोस्