नोट चल्ने भोट किन नचल्ने ?

अन्तर्राष्ट्रिय दायित्व स्वीकार नगर्ने मुलुकहरूबाट कामदार नलिने नीति बनाएको खण्डमा नेपाल बाध्य भई विदेशमा भएका मतदातालाई मताधिकार प्रदान गर्न बाध्य हुनेछ । त्यसो हुनु पहिल्यै आफ्नो पहलकदमीमा यो अधिकार प्रत्याभूत गर्न सक्दा असल हुनेछ ।

अनलाइनखबर

काठमाडौं

देश विप्रेषण, रेमिट्यान्स अर्थात् विदेशबाट पठाएको पैसाले चल्छ । त्यही पैसा कमाउनेले भोट हाल्न पाउँदैनन् । यो अनौठो लाग्ने विषय हाम्रो वास्तविकता हुन् । चुनावमा भोट हाल्नुपर्छ भनेर एउटा युवा विदेश नगई देश बस्न सक्दैन ।

देशभित्रै रोजगारी सिर्जना गर्ने गफ गर्न सुरु भएको दशकौं बित्यो, तर देश चलाउन, घर चलाउन, परिवार पाल्न, आफ्नो र परिवारको रहर पूरा गर्न विदेश जान बाध्य छन् हरेक युवा । देशको गलत अर्थनीतिले सिर्जना गरेको बाध्यताको परिणाम स्वरूप उनीहरू आफ्ना प्रियजनहरूलाई छाडेर विदेशिन बाध्य छन् ।

जिउँदै गएको मान्छे ५० डिग्रीको गर्मीमा पसिना बगाउँदै र जोखिम भन्दा जोखिमपूर्ण काम गर्दै गर्दा दुर्भाग्यवश बाकसमा फर्कन परेन र सौभाग्यवश वा बाइचान्स बाँचियो भने केही पैसा कमाएर घर पठाउन सकिन्छ ।

त्यही पैसाको कारण परिवारजनको खुसी भिडियो कलमा हेरेर चित्त बुझाउन बाध्य छन् । सँगसँगै, त्यसरी पठाएको पैसा पनि घरमा दुरुपयोग हुने र घर फर्किंदा न घरबार, न सम्पत्ति, न परिवार हुने जोखिम मोल्न पनि बाध्य छन् । यसभन्दा अघिल्ला निर्वाचनको आँकडा हेर्ने हो भने सवा करोड मतदातामा आधा करोडभन्दा बढी मतदाता विदेशिएका थिए ।

प्रकाशित मिति: : 2022-05-01 18:16:00

प्रतिकृया दिनुहोस्