दोस्रो स्थानीय तह निर्वाचन आज

राजधानी दैनिक

महेश्वर गौतम

देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न आज स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुँदै छ ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि दोस्रोपटक हुन लागेको स्थानीय तह निर्वाचनमार्फत तल्ला तहका सरकारका लागि नेतृत्व चयन हुने भएकाले यो निर्वाचनलाई जनता जनार्दन बनाउने निर्वाचनका रूपमा लिइन्छ ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि नेपालमा पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

आज हुने स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएको र विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको तथा निर्वाचनमार्फत विभिन्न पदमा गरी ३५ हजार २ सय २१ जना उम्मेदवार निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: : 2022-05-13 10:07:00

प्रतिकृया दिनुहोस्