ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ।
बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाएको छ। राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो।
महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा (एमाले)बाट हरिगोविन्द श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) बाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी)बाट नकुल थापाले उम्मेदवारी दिएका उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट विना सुवेदी केसीले उम्मेदवारी दिएका हुन्।