विवाहमा छाेराले किन चुस्छन् आमाकाे स्तन ? यस्ताे छ रहस्य

कमल प्रभात

काठमाडौं
तस्बिर समाजिक सञ्जालबाट
तस्बिर समाजिक सञ्जालबाट

तपाईंले सामाजिक सञ्जालमा एउटा तस्बिर देख्नुभएकाे हाेला, जुन तस्बिरमा विवाहकाे तयारीमा रहेका एक बेहुलाले आमाकाे स्तनपान गरिरहेका छन्।

विवाहकाे लागि चिटिक्क परेका ती बेहुलाले आमाकाे स्तनपान गरिरहँदा त्यही वरिपरिका मानिसहरू हाँसिरहेकाे छन्। जुन फाेटाे हाे, सुर्खेतकाे बाबियाँचाैरकाे।

सामाजिक सञ्जालमा याे तस्बिरबारे मानिसहरूले आ–आफ्नै धारणा दिइरहेका छन्। कतिले ठिक भनेका छन कतिले बेठिक। तर, त्याे भन्दा धेरै मानिस याे प्रचलन देखेर चकित पनि परेकाे छन्। आखिर के हाेला यस्ताे परम्परा ? यसकाे वास्तविकताबारे धेरैले प्रश्न गरिरहेका छन्।

जुन प्रश्न हामीले साेही गाउँ (सुर्खेतकाे बाबियाँचाैर)का वरिष्ठ व्यक्ति बागिना समूहका संस्थापक अध्यक्ष तथा नाट्यकर्मी, लेखक, साहित्यकार गणेश दत्त गाैतमलाई साेधेका छाैँ।

आखिर, के हाे त विवाहमा आमाले छाेरालाई स्तान (दूध) चुसाउने परम्परा ?

गाैतमले दिएकाे जवाफ जस्ताकाे तस्तै प्रस्तुत छ :

हाम्रो आर्य परम्परामा विवाह गर्नुअघि दुलाहा ठट्टीएर, घोडामा चड्नुअगाडि आमाकाे दूध चुस्ने प्रचलन छ। याे यहाँका बाहुन, क्षेत्रीलगायत सबैमा चल्दै आएकाे चलन हाे। पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले विवाहको शैलीमा फरक परेका कारण यो चलन कम गरिएका कारण नदेखिएको होला तर यो नयाँ कुरा होइन।

छाेरा एउटा महिलाको काखबाट अर्काे महिलाको काखमा जाँदा आमाले गरेकाे गुण नबिर्सियोस्,‘मैले मैले दूध खुवाएरै तँलाई एत्रो बनाएकी हुँ, दूधको भारा तँले नबिर्सिएस, मेरो दूध खाएरै तँ हुर्किएको होस्। अब तँ अर्की महिलाको अधिनमा जाँदैछस् तर पनि मलाई र मेरो गुणलाई नबिर्सिएस्’ भन्ने फिलिङ गराउन होला यस्ताे प्रचलन राखिएकाे।

मानववादी हिसाबले हेर्दा यो चाहिँ एउटा महिलाप्रतिको आकर्षण हो। अब तँ दोस्रो महिलासँग जाँदैछस्, उसलाई पनि आमा र दिदी–बाहिनीलाई जसरी हेर्नुपर्ने हुन्छ, भन्ने भावनाकाे लागि हाे। त्यसमाथि हिन्दू वैदिध परम्परामा आमाले छोरालाई स्तनपान गराएर विवाहकाे लागि पठाउने प्रचलन पुरानै हाे।

याे परम्पारा विवाहामा सुपारीकाे प्रयाेग गरिएजस्तै, दुलाहालाई फेटा लगाइदिएजस्तै र ढाल तरबार भिराए जस्तै, बन्दुक पड्का जस्ताे हाे।

मेरो आफ्नो अनुभवमा पनि आमाले आफ्नो घुम्टोले अनुहार छोपेर छातीमा टास्ने र दूध चस्न लगाउने वा स्तनमा मुखै नलगाए पनि छातीमा मुख पुर्‍याउनुपर्छ भन्ने थियाे। मलाई पनि आमाले आफ्नो पछ्याउराले टाउँको ढाकेर स्तानपानको लागि छातीमा राख्नुभएकाे थियाे। पछिल्लो समय भने यो परम्परा हराउँदै गएको पाइन्छ।

प्रकाशित मिति: : 2022-06-27 20:39:00

प्रतिकृया दिनुहोस्