के हाे नैरोबी फ्लाई ? नेपालमा कति जाेखिम छ ?

ममता आचार्य

काठमाडौं

छालामा संक्रमण फैलाउने नैराेबी फ्लाईबारे यतिबेला सामाजिक सञ्जालमा ठूलै चर्चा छ। यससम्बन्धी सामाजिक सञ्चालमा फैलिएका सामाग्रीहरूले मानिसलाई त्रशित बनाइरहेकाे छ। याे राेगले छालामा संक्रमण फैलिएर फाेका आउने, चिलाउने र घाउ बनाउने गर्छ।

पूर्वी सिक्किमको एक इन्जिनियरिङ कलेजमा एक सयभन्दा बढी विद्यार्थीलाई हालै नैरोबी फ्लाईसको सम्पर्कमा आएपछि छालामा गम्भीर संक्रमण देखिएकाे छ।

पूर्वी अफ्रिकाको रैथाने किराको प्रजाति नैरोबी झिंगा मझिटारस्थित सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (एसएमआईटी)को परिसरमा द्रुत गतिमा बढिरहेको छ।

साे किराबाट सङ्‌क्रमित एक विद्यार्थीको हातको शल्यक्रिया गर्नुपर्ने भएको र अन्य सङ्‌क्रमित विद्यार्थीहरुलाई औषधि दिरहेको छ। र, हाल निको भइरहेका छन्।

नैरोबी फ्लाईसलाई केन्याली फ्लाईस पनि भनिन्छ। तिनीहरू साना किराहरू जस्तो हुन् तर शरीर भने लामो हुन्। नैरोबी सुन्तला र कालो रंगका हुन्छन्। जुन किरण र आर्द्रप्रति आकर्षित हुन्छन्।

नैरोबी स्वदेशी होइनन् तर प्रजननस्थल र पर्याप्त खाधान्न आपूर्तिको खोजीमा नयाँ क्षेत्रहरू ओगट्न सक्छने अधिकारीहरुकाे भनाइ छ।

झिंगाले बाली नष्ट गर्छ र किरा खान्छ। स्वास्थ्य अधिकारीकाअनुसार झिंगाले टोक्दैन भन्ने छ। यद्यपि, यदि कसैको छालामा बस्दा गडबड भयो भने तिनीहरुले एक शक्तिशाली अम्लीय पदार्थ छोड्छन्, जसले एसिडले जस्तो जलाउँछ।

द कन्भर्सेसनकाअनुसार यी जलाउने विषलाई पेडेरिन भनिन्छ। यो नैरोबी फ्लाईसभित्र बस्ने सिम्बायोटिक ब्याक्टेरियाद्वारा उत्पादन गरिन्छ। यी बगहरुबाट निस्कने तरल पदार्थले छालामा असामान्य जलन, डर्मेटाइटिस वा घाउहरू निम्त्याउन सक्छ।

यसकाे संक्रमणपछि २४ देखि ४८ घण्टामा छालाहरू निस्कन सक्छन्। तर, यी सामान्यता सुक्छन् र दागहरू भने रहिरहन्छन्। यदि विष शरीरमा बढी फैलियाे भने ज्वरो आउने, जोर्नी दुख्ने वा वान्ता आउने लक्षणहरू देखा पर्छन्। यदि विषाक्त पदार्थहरू मानिसहरुको आँखाको सम्पर्कमा आउँछ भने यसले नेत्रश्लेष्मशोय र सम्भावित रूपमा अन्धोपन निम्त्याउन सक्छ। यो झिंगालाई बिस्तारै उडाउनुपर्ने र छेक्न वा छुन नहुने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

संक्रमणबाट कसरी बच्ने ?

नैराेबी फ्लाईबाट बच्न ओछ्‌यानमा जाली लगाएर सुत्ने, पूरा बाहुला भएको लुगा लगाउने र रातको समयमा बत्तीमुनि बस्नु हुँदैन। त्यस्तै झिंगालाई कुचल्नु हुँदैन किनकी यसमा कडा विष हुने भएकोले जसले छाला फिल्लिन सक्छ। यदि शरीरको कुनै भागमा झिंगा बसेको छ भने बसेको ठाउँमा साबुन र पानीले राम्ररी धुनुपर्छ।

नेपालमा कति जाेखिम ?

सिक्किमका केही क्षेत्रमा यसकाे संक्रमण देखिएकाेले याे नेपालमा पनि फैलिएकाे आशंका धेरैकाे छ। तथापि, याे किराकाे संक्रमण हालसम्म नेपालमा नदेखिएकाे स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएकाे छ।

‘अहिलेको समय भनेको खेतबारीमा काम गर्नु पर्ने समय हाे। त्यसको कारण पनि कुनै एलर्जी आएको हुन सक्छ। त्यही कारणले छाला चिलाउने, घाउ खटिरा आउने भएकाे हाेला तर याे नेपालमा अहिलेसम्म भेटिएकाे छैन, हल्लाकाे पछाडि नलाग्नुहाेस्,’ मन्त्रालयका प्रमुख समीर कुमार अधिकारीले बिएल नेपाली सेवासँग भने।

उनले नेपालमा तत्काल यसकाे जाेखिम पनि नरहेकाे बताए।

 

प्रकाशित मिति: : 2022-07-08 21:22:00

प्रतिकृया दिनुहोस्