बालेनलाई स्थानीयकाे प्रश्न– यम बुद्धकाे सालिक बनाएर गरीबकाे पेट भरिन्छ ?

ममता आचार्य

काठमाडौं

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले र्‍यापर यम बुद्धका सालिक बनाउने प्रस्ताव राखेका छन्। सुरूमा महानगरकाे बजेटबाट सालिक बनाउने प्रस्ताव राखे पनि चाैतर्फी आलाेचनापछि भने मेयर बालेनले आफ्नाे तलबबाट सालिक बनाउने बताउँदै आएका छन्।

तथापि, उनकाे याे निर्णयप्रति धेरै मानिसले असन्तुष्टि जनाइरहेका छन्। मेयर बालेनलाई तत्कालका यस्ता काम नगरेर आवश्यक काम गर्न धेरैले  सुझाव दिएका छन्। भने, केहीले उनी आफैं र्‍यापर पृष्टभूमिबाट आएकाेले याे निर्णय गर्नु नाैलाे कुरा नभएकाे बताउँदै आएका छन्।

यसरी यस विषयम कतै समर्थन कतै त कतै विराेध भइरहेकाे सन्दर्भमा हामीले आइतबार काठमाडाैँका विभिन्न स्थानमा भेटिएकाे मानिसहरूलाई याे निर्णय कस्ताे लाग्याे ? भनेर साेधेका छाैँ। प्रस्तुत छ यस विषयम मानिसहरूले दिएकाे प्रतिक्रिया: 

भिडियाे :

प्रकाशित मिति: : 2022-07-10 18:27:00

प्रतिकृया दिनुहोस्