मुड्केचुलाका ८ सय ५० घरधुरीलाई निशुल्क सोलार वितरण

डोल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई निशुल्क सोलार वितरण गरिएको छ।

गाउँपालिकाका छ वटा वडाका ८ सय ५० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको हो ।

गाउँपालिकाका वडा नं १,२,३,७,८ र ९ का सर्वसाधारणलाई निशुल्क सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

विद्युतीय उर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुशीले दंग भएको अध्यक्ष शाहीले बताए।

डोल्पा अहिलेसम्म पनि केन्द्रीय प्रशारण लाइनमा जोडिन सकेको छैन।

प्रकाशित मिति: : 2022-07-24 15:39:00

प्रतिकृया दिनुहोस्