साफ यू-२० : नेपाल र भारत भिड्दै

Photo: ANFA
Photo: ANFA

साफ यू- २० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (आइतबार) तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ। 

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ।

नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ। दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा हुनेछन्।

फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ। ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-07-31 07:48:00

प्रतिकृया दिनुहोस्