सामसङ ग्यालेक्सीले ल्यायो बड्स २ प्रो, सहित वाच ५ र वाच ५ प्रो

BreaknLinks
BreaknLinks

सामसङ ग्यालेक्सीले नेपाली बजारमा बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो ल्याएको छ। 

कम्पनीले शुक्रबार बड्स भित्रार्‍उदैँ बड्स २ प्रोमा एटिक्भ न्वाइज क्यान्सिलेसन फिचर रहेको बताएको छ। जसबाट प्रयोगकर्ताले आनन्दको धुन लिनसक्ने कम्पनीको भनाई छ ।  

कम्पनीका अनुसार उक्त फिचरको सहायताले बाहिरको अनावश्क हल्ला रोक्ने र बाहिरबाट कसैले बोलेको आवाजलाइ भने राम्रोसँग सुनिने छ। साथै यसमा हाइ फाइ २४ बिट अडियो पनि रहेको छ।

त्यस्तै सामसुङ कम्पनिले ग्यालेक्सी वाच ५ र वाच ५ प्रोलाइ पनि नेपाली बजारमा भित्राएको छ। यी दुवै वाचमा बायोएक्टिभ सेन्सर प्रयोग गरिएको छ। 

सो वाचमा पहिले पटक जीपीएस समेत जडान गरिएको छ। जसबाट आफ्नो गतिविधीको रेकर्ड राख्न सहज सकिने र आकस्मिक कल गर्न सिकने फिचरसमेत रहेको कम्पनीको भनाइ छ। 

वाचमा प्रयोगकर्ताको आरामको समय बढाउने र निदाउँदाको स्कोर ट्रयाक राख्ने जस्ता विशेषता पनि रहेको छ। यो सँगसँगै यसमा बत्ति, एसी र टिभीलगायतको स्मार्ट थिङ्स एप पनि उपलब्ध रहेको छ। 

वाच ५ प्रोको मूल्य बजारमा ६४ हजार ९९९ रूपैयाँ तोकिएको छ।
 

प्रकाशित मिति: : 2022-09-03 15:07:00

प्रतिकृया दिनुहोस्