बेन्जिमालाई बालोन डि ओर अवार्ड

Benoit Tessier/Reuters
Benoit Tessier/Reuters

रियल मडिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन्। गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन्।

गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए।

उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका हुन्। यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन्।

सन् २००९ देखि रियल मड्रिडमा रहेका बेन्जिमा आसन्न विश्वकपमा फ्रान्सबाट खेल्दैछन्।

प्रकाशित मिति: : 2022-10-18 08:29:00

प्रतिकृया दिनुहोस्