जब नेपाल एयरलाइन्सले डोल्पाको यात्रुलाई मुगु पुर्‍यायो...

डोल्पा उड्नुपर्ने यात्रु मुगु पुर्याएको घटनामा पीडितले क्षतिपूर्ति माग गरेकी छन्।

घर फर्कनका लागि निजी विमान कम्पनी समिट एयरको टिकट लिएकी ठुलिभेरी नगरपालिका ५ बस्ने राजकुमारी बुढा र उनको ८ महिने बच्चालाई नेपाल एयरलाइन्सको जहाजले मुगु पुर्याएको घटनामा पीडित बुढाले बहिनी डिलकुमारी बुढा मार्फत बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिँदै क्षतिपूर्ति माग गरेकी हुन्।

आफूलाई टिकटको पैसा सहित समिट एयरलाइन्सले आवश्यक क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। समिट एयरलाइन्सकै लापरबाहीले आफू मुगु पुगेको उनको भनाई छ।

आफू डोल्पा उड्न नपाएपछि काटेको टिकटको पैसा टिकट काउन्टरमा फिर्ता माग्दा जाँदा समिट एयरलाइन्सका कर्मचारीले उल्टै तपाईंको गल्ती हो भन्दै पैसा दिन नमानेको उनको गुनासो छ। पैसा माग्दा कर्मचारीले धम्की दिएको समेत उनले बताइन्।

मुगुको ताल्चा विमानस्थलमा अलपत्र परेको ४ घण्टापछि उनलाई पुनः तारा एयरलायन्समा नेपालगञ्ज फिर्ता लगिएको थियो।
 

प्रकाशित मिति: : 2022-11-10 21:50:00

प्रतिकृया दिनुहोस्