नेपालका नेताहरुलाई निर्वाचनका बेला मात्रै जनताको घरघरमा पुग्ने र मत माग्ने गरेको आरोप लाग्ने गरेकाे छ।
अधिकांश नेताहरु निर्वाचनमा भोट माग्ने बेला मात्रै घरघरमा जाने गरेकाले यस्तो आरोप लाग्नु स्वभाविक हो। तर, सबै नेताहरु निर्वाचनमा मात्रै जनताको घरमा पुग्छन् भन्ने होइन। केही नेता निर्वाचन जितेपछि पनि जनताको घरदैलोमै केन्द्रित रहन्छन्। तिनै मध्येका एक हुन्, काठमाडाैं क्षेत्र नं १ (ख) बाट प्रदेशसभा विजयी भएका गणेश दुलाल।
संघमा समय दिनुपर्ने भएता पनि दुलाल कहिले पनि जनताबाट टाढा भएनन्। आफ्नो ५ वर्षे कार्यकालमा जनतासँग जनप्रतिनिधि कार्यक्रम नै तय गरेर आफ्नो क्षेत्रबाट कहिल्यै पनि टाढा भएनन्। नीति निर्माणका लागि प्रदेशसभामा समय दिनुपर्ने अवस्थामा बाहेक उनी सधैँ जनतासँग जोडिइरहे।
उनको क्षेत्रमा पर्ने काठमाडाैं महानगरपालिकाको वडा नम्बर–३१ मा उनी शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, सडक, कोरिडोर, ढल र विकास निर्माणका कामलाई तिव्रता दिन सफल भए।
यो सँगै उनकाे कार्यकालमा धेरै कामहरु सम्पन्न भयो। उनले अहिले आफ्नो क्षेत्रका बासिन्दाहरुलाई सिभिल हस्पिटलमा २४ घण्टा उपचार, छुटको व्यवस्थापन, र स्थानीयलाई जुनसुकै बेलाको लागि पनि ७ वटा बेर्डको लागि निकै पहल गरिरहकेका छन्। उनी भन्छन्, 'म सधैँ जनताकाे साथमा छु, जनताकै हितका लागि काम गरिरहने छु।'
दुलालले वडाबासीको आवाजलाई सधैँ मध्यनजर गरेर हरेक समस्या समाधानका लागि तत्परता देखाएकै कारण वडा नम्बर–३१ मा धेरै विकास निर्माणका काम सम्पन्न भएको छ। निर्वाचन जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्ने मान्यताले उनी सधैँ जनआवाजको नजिक बसिरहे।
विकास निर्माणका कामका अलावा जस्तोसुकै विपत्ति र महामारीका समयमा पनि उनले जनताको साथ छोडेनन्। कोरोना भाइरसले महामारीको रुप लिएका बेला दुलाल जनताको स्वास्थ्यप्रति चनाखो बने।
वडासँगको सहकार्यमा उनले जनताको घरदैलोमा पुगेर राहत वितरण र स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।