चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड (भिडियोसहित)

चितवन क्षेत्र नं–२ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी ताेडफाेड भएकाे छ।

भक्तपुरमा आज बिहान बा ३ च २०५० नम्बर उनकाे प्राडो कारमा अपरिचित समूहले तोडफोड गरेको हो।

घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडीमा तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले गाडीकाे सिसा फुटाएर भागेकाे प्रहरीले बताएकाे छ। अहिले गाडी फुटाएर भाग्नेहरूकाे खाेजी कार्य भइरहेकाे छ। 

 

प्रकाशित मिति: : 2022-11-16 11:42:00

प्रतिकृया दिनुहोस्