रुपन्देहीमा मतदानको लागि तयारी पूरा

भोलि हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पूरा भएको छ। 

सिद्धार्थनगरमा रहेका १३ वटै वडामा तयारी पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन्।

रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन्। ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ।

कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन्। रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन्।

त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन्। रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन्। रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार समग्र जिल्लामा तयारी पूरा भएको छ। विहान ७ बजे देखि मतदान हुने हुदा सबै जनशक्तिहरु फिल्डमा पुगिसकेका छन्। 

जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ।

प्रकाशित मिति: : 2022-11-19 18:52:00

प्रतिकृया दिनुहोस्