हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन्।
बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन्।
बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
पाँच कैदीबन्दीको मतदाता नामावली गाउँमै रहेको उनको भनाइ छ। कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायत मतदान गर्ने निर्वाचन अधिकारी रानाको भनाइ छ। यस्तै म्यादी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले मतदान गरिरहेका छन्।