ललितपुर–२ः एमालेलाई सुरुवाती अग्रता, पछ्याउँदै लौरो

File Photo
File Photo

ललितपुर–२ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्। उनले १ हजार ३ सय १७ मत पाएका छन्।

त्यस्तै, लाैराे चुनाव चिन्ह लिएर चुनावमा हाेमिएकाे हाम्राे नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत पाएका छन्।

त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एस उम्मेदवार कृष्णलाल महर्जनले ८ सय ७७ मत पाएका छन्।

हिजाे खसेको यस क्षेत्रकाे मत नेपाल तेक्वान्दो संघको कार्यालयमा एकाबिहानैबाट गन्न थालिएकाे छ।

ललितपुर–२ मा ५० हजार ३४ मत खसेको छ।

प्रकाशित मिति: : 2022-11-21 07:29:00

प्रतिकृया दिनुहोस्