बारा- १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता

बारा क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन्।

निजगढ नगरपालिकाको वडा नुम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन्।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-21 20:45:00

प्रतिकृया दिनुहोस्