भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको  क्षेत्र नं २ मा आज बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्। 
    
मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा आज बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार ३५ हजार तीन सय ९३ मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १४ हजार ८५ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले १३ हजार ३५ मतले पछ्याएका भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए।

नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगरले दुई हजार नौ सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार नौ सय १८, राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार ७५ मत प्राप्त गरे। त्यसैगरी क्षेत्र नं १ मा १७ हजार छ सय ६४ मतगणना हुँदा एमालेका उम्मेदवार नवराज गेलालले पाँच हजार सात सय ९९ मतले अग्रता लिएका छन्। 

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले पाँच हजार ६२ मतले पछ्याउनु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले तीन हजार दुई सय १५ र  नेकपा (माओवादी केन्द्र) कासुनिल गोठे वासुले दुई हजार एक सय ५२ मत ल्याएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए।

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं २ (क) मा आज आठ हजार एक सय ६३ मतगणना हुँदा नेकपा एमालेका किरण थापामगरले तीन हजार तीन सय ६२ मत प्राप्त गरी अग्रता कायम गरेका कांग्रेसका विष्णुराज कार्कीले दुई हजार सात सय ९५ मतले पछ्याइरहनु भएको छ। त्यस्तै राप्रपाका विक्रम थापाको नौ सय ४७, नेमकिपाका सरोजराज गोसाईले छ सय ८० मत प्राप्त गरेका छन्। मत गणना जारी  छ।
    
प्रदेशसभातर्फ क्षेत्र नं २ (ख) मा आज बिहानसम्म आठ हजार एक सय ६३ मतगणना हुँदा नेपाल मजदूर किसान पार्टीका रमेश बैद्य दुई हजार तीन सय २० मतले अग्रता लिनुभएको छ भने  नेकपा समाजवादीका डा राजेन्द्रमान श्रेष्ठले दुई हजार दुई सय ४४ मतले पछ्याइरहेका छन्। त्यस्तै एमालेका चन्दनकृष्ण श्रेष्ठले दुई हजार दुई सय दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले आठ सय ७९ मत ल्याएका छन्।
    
त्यस्तै चाँगुनारायण नगरपालिका १ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले छ हजार तीन सय १८ मतले अग्रता लिनुभएको छ भने नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले पाँच हजार पाँच सय ५३, नेपाल मजदूर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार तीन सय ४५, राप्रपाका राजु कुइँकेलले दुई हजार नौ सय ६५ मत प्राप्त गरे। मतगणना जारी छ।

प्रकाशित मिति: : 2022-11-22 13:38:00

प्रतिकृया दिनुहोस्