कञ्चनपुर क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमा

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का बच्चनबहादुर सिंहले चार हजार तीन सय ९५ मत ल्याई अग्रस्थानमा रहेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाटले तीन हजार आठ सय एक मत ल्याएका छन्। सिंहले भाटभन्दा पाँच सय ९४ मत बढी ल्याएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले एक हजार ६ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को हालसम्म १२ हजार एक सय ९८ मतगणना भएका छन्। 

कञ्चनपुर–२ : साउदको अग्रता कायमै 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रसाद साउदले अग्रता कायमै राखेका छन्। निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतपरिणामअनुसार साउदले चार हजार आठ सय ७९ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले चार हजार चार सय आठ मत प्राप्त गरे। साउदले धामीभन्दा चार सय सात मत बढी प्राप्त गरे। साउद पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका छन्।

धामी एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभाका सदस्य छन्। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ६ सय ४७, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले २९, लोकतान्त्रिक सामाजवादी पार्टी नेपालका लोकराज भट्टले ६०, जनमत पार्टीका प्रेम सिंह वडालले २०, हाम्रो नेपाली पार्टीका जगदीश अवस्थीले एक सय सात मत प्राप्त गरे। 

जनता प्रगतिशील पार्टीका विद्यादेव जोशीले २७, नेपाली कांग्रेस (विपी)का वीरबहादुर बोहराले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीका झङ्करराज जोशीले आठ सय ३१ मत प्राप्त गरे। हालसम्म गणना भएका मत १२ हजार एक सय ४२, कूल सदर मत ११ हजार ३३ रहेका छन्। बदर मत एक हजार नौ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

निर्वाचन क्षेत्र नं २ अन्तर्गतको कृष्णपुर नगरपालिका–१, २, ३ र ४ को मतगणनाको कार्य सम्पन्न भएको छ। सोही नगरपालिका–५ को मतगणनाको कार्य भइरहेको छ। निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख पाँच हजार पाँच सय ७७ मतदाता रहेका छन्।
 

प्रकाशित मिति: : 2022-11-22 14:47:00

प्रतिकृया दिनुहोस्