मतगणना हुने दिन कुर्दै डाेल्पाली, उपल्लो डाेल्पाका मतपेटिका अझै पुगेन सदरमुकाम

हिमाली जिल्ला डाेल्पाका सर्वसाधारणले मतगणनाकाे समय कुर्दै दिन बितेको बताएका छन्।

निर्वाचन सम्पन्न भएकाे दुई दिन वितिसक्दा पनि मतपेटिका नझरेपछि मतगणना हुने दिन गन्दै बसेकाे ठुलिभेरी नगरपालिकाका स्थानीय रेखामान बुढाले बताए।

शे-फाेक्सुन्डाे गाउँपालिकाका पाँचवटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम झारिएकाे छैन।

मंगलबार हेलिकप्टरबाट उपल्लो डाेल्पाका २२ वटै मतदान केन्द्रका मतपेटिका झार्ने भनिएपनि डाेल्पाेबुद्व र छार्काताङ्साेङ् गाउँपालिका मतपेटिका झार्दै हेलिकप्टरमालाग्ने तेल सकिएपछि तेलहाल्न हेलिकप्टर सुर्खेत फर्किएकाे प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए।

बुधबार विहानै हेलिकप्टर आउने र बाँकी पाँच मतदान केन्द्रका मतपेटिका झारिने उनले बताए।

६३ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। भाेलि साझदेखि मात्र मतगणना सुरु हुने बताइएको छ।

प्रकाशित मिति: : 2022-11-22 18:01:00

प्रतिकृया दिनुहोस्