नवलपरासी-१ मा घण्टीको अग्रता, विनोद चौधरी पछिपछि

File photo
File photo

नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय ६७ मतले पछि परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ६ सय ४८ मत ल्याएका छन्। त्यस्तै चौधरी ७ हजार ८१ मतसहित सेनलाई पछ्याइरहेका छन्।

यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन्। जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ९ सय ८९ मतसहित प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2022-11-22 18:49:00

प्रतिकृया दिनुहोस्