प्रतिनिधि सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं. १ को मतगणना जारी छ। पछिल्लो विवरणअनुसार हालसम्म ४ हजार ८५ मत गणना भएको छ।
मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङले २ हजार ३ सय ९१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रेशमबहादुर लामाले १ हजार ४ सय ७४ मत प्राप्त गरेका छन्।
प्रदेशसभाको पनि मतगणना जारी छ।